दफा ४२
आयोगले परामर्श दिंदा अपनाउनु पर्ने कार्यविधि
(१) दफा ४१ को उपदफा (१) बमोजिम आयोगको परामर्श माग भई आएमा निजामती सेवालाई सक्षम र प्रभावकारी बनाउन निजामती सेवाको शर्त सम्बन्धी कानूनमा विभिन्न प्रकारका निजामती सेवाको कामको प्रकृति र अवस्था अनुसार फरक गर्नु पर्ने कुरामा फरक गर्ने र एकरूपता ल्याउनु पर्ने कुरामा एकरूपता ल्याउने व्यवस्था समेतको विचार गरी आयोगले परामर्श दिनेछ ।
(२) दफा ४१ को उपदफा (२) बमोजिम आयोगको परामर्श माग भई आएमा आयोगले निजामती सेवा सम्बन्धमा आयोगबाट निर्धारित सिद्धान्त समेतलाई विचार गरी परामर्श दिनेछ ।
(३) दफा ४१ को उपदफा (३) वा (४) बमोजिम आयोगको परामर्श माग भई आएमा निजामती सेवा वा पदको कार्यप्रकृति समेतलाई विचार गरी आयोगले दफा २४ मा उल्लिखित कुनै एक वा एकभन्दा बढी तरिकाद्वारा आवश्यक अनुसार उम्मेदवारको उपयुक्तताको जाँच गरी परामर्श दिनेछ ।
(४) दफा ४१ को उपदफा (५) बमोजिम आयोगको परामर्श माग भई आएमा आयोगले सेवा शर्त सम्बन्धी प्रचलित कानून बमोजिम तोकिएको प्रक्रिया पूरा भए नभएको हेरी प्रक्रिया पूरा नभएको अवस्थामा प्रक्रिया पूरा गर्न लगाई आवश्यक भएमा अख्तियारवालास“ग अरू थप सबुत प्रमाण समेत बुझी परामर्श दिनेछ ।
(५) दफा ४१ को उपदफा (६) बमोजिम आयोगको परामर्श माग भई आएमा आयोगले नयाँ गठन गर्नु पर्ने सेवा, समूह वा उपसमूहको उद्देश्य, उपयोगिता र महत्वलाई ध्यानमा राखी निजामती सेवा र अरु सरकारी सेवालाई अझ सक्षम र प्रभावकारी बनाउने कुरालाई समेत विचार गरी परामर्श दिनेछ ।
(६) दफा ४१ को उपदफा (७) बमोजिम आयोगको परामर्श माग भई आएमा सेवाको प्रकृति र अवस्था समेतलाई विचार गरी सम्भव भएसम्म समान व्यवस्था लागू हुने गरी आयोगले परामर्श दिनेछ ।
(७) यस दफा बमोजिम आयोगले परामर्श दिने प्रयोजनको लागि सम्बन्धित विषयका विशेषज्ञस“ग राय सुझाव लिन सक्नेछ ।
(८) परामर्श दिंदा अपनाउनु पर्ने अन्य कार्यविधि आयोगले तोके बमोजिम हुनेछ ।